हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट खटिएको प्रहरीले ४५ किलो १ सय २० ग्राम गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको डीएल ४३ एनबी ५९९४ नम्बरको भारतीय बोलेरो गाडीलाई सुरक्षाजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

प्रहरीले बोलेरो गाडीका चालक भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वि चम्पारणका २४ वर्षीय भुषण कुमार र बोलेरोमा सवार २१ वर्षीय साजन सिंहलाई पक्राउ गरेको हो ।

उक्त लागुऔषध, गाडी सहित दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।