काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख मंगलबार प्रदर्शन गरिएको छ ।
पशुपतिनाथमा वर्षभर सुरक्षित राखिएको छ भनेर हरेक वर्ष बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख नागरिकलाई देखाउने चलनानुसार प्रदर्शन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।
उनले भने, “बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख हरेक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहबरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ ।”
प्रतिक्रिया दिनुहोस्