सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरकाे मनहरीमा आफन्तकाेमा पाहुँना लाग्न गएकी एक युवतीकाे मृत्यु भएकाे छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटियाबाट मनहरी गाउँपालिका वडा नम्बर ३ स्थित निर्मला बस्तीमा पाहुना लाग्न गएकी अन्दाजी २० बर्षीया कान्छी (बोलाउने नाम) प्रजा मृत भेटिएको हाे ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार उनी निर्मलाबस्तीस्थित आफन्त शान्ती प्रजाको घरमा गएकी थिइन् ।

शनिबार बेलुका खाना खाएर एक्लै कोठामा सुतेकी कान्छी आइतबार बिहान मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरीका अनुसार मृतक युवतीको शरिरमा चोटपटक देखिएको छैन । शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालमा राखिएकाे छ ।