विराटनगर । भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ ।

मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्र भारतीय भूमिमा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो । अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका उनको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको छ ।