

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ मा रहेको प्रगतिशील बाल समूहले हेटौँडा ११ मा रहेको ‘मामाघर नेपाल’को अबलोकन गरेका छन् । आफ्ना अभिभावक सहित उपस्थित भएका बाल समूहका बालबालिकाहरुले मामाघर नेपाललाई नगद ५ हजार सहित भान्जाहरुको लागि जुस तथा बिस्कुट समेत वितरण गरेका थिए ।
विभिन्न कारणले सडकमा जीवनयापन गर्न वाध्य बालबालिकाको संरक्षण तथा उनिहरुको लालनपालन गर्दै आईरहेको मामाघरमा बाल समूहलाई अबलोकन गराई समाजमा हुने गरेको उदाहरणीय कामबारे जानकारी दिईएको अभिभावक सन्तोष पुडासैनीले बताए ।
आजको बालबालिका भोली देशको कर्णधार भएको भन्दै उनले सामजिक गतिविधिबारे बालबालिका जानकार हुनुपर्ने बताए । बालबालिकाले मामाघरको स्थापना, मामाघरमा रहेका बालबालिकाको अवस्थाबारे जानकारी लिएका थिए । मामाघरका सस्थापक अर्पण पराजुलीले मामाघरको स्थापना, आगामी कार्यक्रमबारे बालबालिकालाई जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्