काठमाडौं । सरकारले एनसेलको शेयर खरिदबिक्री प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

बिहिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।

उच्चस्तरीय समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् । यो समितिलाई उक्त प्रकरण अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको कार्यादेश दिइएको प्रवक्ता शर्माले जानकारी दिएकी छन् ।