हेटौंडा, मकवानपुर क्षेत्र नंबर २ का सांसद तथा एमाले सचेतक महेशकुमार बर्तौलाले सडक निर्माणको जिम्मा पाएका ब्यवसायीलाई सिंहदरबार बोलाएर काम छिटो तथा समयमानै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
सचेतक बर्तौलाले हेटौंडा काठमाडौं छोटो मार्ग अन्र्तगतको हेटौँडा–कुलेखानी–चखेल– काठमाण्डौँ सडक निर्माणको जिम्मा पाएका ब्यवसायीलाई सिंहदरबार बोलाएर निर्देशन दिएका हुन् । बर्तौलाले सडक निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहरु मारमा पर्ने गरेको, दुर्घटनाको जोखिम बढेको र धुलो र हिलोको कारण स्थानीयहरुको स्वास्थ्यमा समेत समस्यद देखिन थालेको भन्दै कामलाई समयमा सक्न दिर्नेशन दिएका हुन् । बर्तौलाले आज निर्माण ब्यवसायी शिव चौँलागाई सहितको टिमलाई काठमाण्डौँ बोलाएर निर्देशन दिएका हुन् ।
निर्माण ब्यवसायीहरुले प्राप्त गरेको ठेक्का समयमा सक्नुपर्ने दायित्व बहन गर्नुपर्ने भन्दै बर्तौलाले राज्यबाट प्राप्त ठेक्काका कामहरुलाई ब्यवसायीले तिब्र गतिमा गर्नुपर्ने बताए । हेटौँडाबाट सबैभन्दा छोटो सडक मार्गको रुपमा रहेको चखेल सडकखण्डको काम सुस्त भएको भन्दै स्थानीयवासीले गुनासो गरेको र सडकको अवस्थाबारे मिडियामा समाचारहरु समेत प्रकाशिन भएपछि सांसद बर्तौलाले चौँलागाईलाई बोलाएर निर्देशन दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्