काठमाडौं । नेपाली बजारमा दुई दिन देखि लगातार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५०रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आजको मूल्य ८०० रुपैयाँले कम हो ।

त्यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रति तोला १४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।