हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ३ मा रहेको बुद्ध माविलाई बहुमुखि क्याम्पस बनाउने पहल सुरु भएको छ । बकैया गाउँपालिकाको हात्तिसुडेमा रहेको विद्यालयलाई बहुमुखी क्याम्पस बनाउने उदेश्यसहित पुस १० देखि १८ गतेसम्म श्रीमद्भागवत महायज्ञ हुने भएको छ ।
महायज्ञको शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले शिक्षा क्षेत्रको विकास र स्तरोन्नतीको लागि हुने महायज्ञको सफलताको कामना ब्यक्त गरेका छन् । शुभकामना सन्देश दिँदै उनले महायज्ञलाई सहयोग तथा अभिभावकत्व प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।