सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी ओली लोपोन्मुख राउटे बस्तीमा पुगेका छन् ।

अध्यक्ष ओली सोमबार दैलेखको गुराँस गाउँपालिका बस्दै आएका राउटे बस्तीमा पुगेका हुन् । राउटे बस्तीमा पुगेका अध्यक्ष ओलीलाई राउटेका मुखिया सूर्यप्रकाश शाहीले ‘कोसी’ उपहार दिएका छन् ।

बैतडीको झुलाघाटबाट सुरु भएको ‘झुलाघाट–चिवाभन्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेखको गुराँस गाउँपालिका आएका ओलीलाई राउटेका मुखियाले कोसी उपहार दिएका हुन् ।

‘कोसी’ विशेषतः दही, मही, अचार राख्ने, पिठो मुछ्ने आदि काममा प्रयोग गरिन्छ । यो काठबाट बनाइन्छ । सो क्रममा अध्यक्ष ओलीले एमाले राउटे समुदायको अस्तित्व बचाउँदै जीविकोपार्जन सहज गर्न, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्‍याउन नीतिगत र कार्यक्रमका हिसाबले सहयोग गर्न तयार रहेको बताएका छन् ।