

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउले नयाँ किर्तीमान कायम गरेको छ ।
निरन्तर वृद्धि हुँदै आएको सुनको भाउ आज प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको भाउ तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो ।
आज तेजाबी सुनको भाउ १ लाख २० हजार २ सय रुपैयाँ कायम छ । आज चाँदीको कारोबार तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्