हेटौंडा । एचआईभी संक्रमित परिवारलाई हेटौंडा उपमहानगरपालिकाले न्यानो कपडा वितरण गरेको छ । ३६ओैं विश्व एड्स दिवसको सन्दर्भ पारेर उपमहानगरले एचआईभी संक्रमित २५ परिवारलाई न्यानो कपडा (ब्ल्यांकेट) र संक्रमित विपन्न २२ परिवारलाई खाद्यन्न तथा पोषण सामग्री सहयोग गरेको हो ।
मकवानपुर महिला समूह र मकवानपुर पोजेटिभ समुहको कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले सहयोग सामग्री वितरण गरेकी थिइन् । विगतका वर्षहरुदेखि नै उपमहानगरपालिकाले एचआईभी संक्रमित र प्रभावित बालबालिकालाई नियमित शैक्षिक तथा पोषण सहयोग, संक्रमित परिवारलाई आयआर्जनमा सहयोग, उपचार सहयोग, जनचेतनामुलक कार्यक्रम, एम्बुलेन्स सहयोग, न्यानो कपडा लगायतका सहयोग कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ ।
यसै सवालमा कार्यरत गैर सरकारी संस्थाहरुसंगको समन्वयमा उपमहानगरपालिकाले कार्यविधि बनाई वार्षिक योजना र कार्यक्रम व्यवस्थित गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्