काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणमा शुक्रबार अदालतबाट आदेश जारी भएको छ। थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालतले फरक फरक आदेश दिएको छ ।

न्यायाधीश जनक पाण्डेको इजलासमा भएको सुनुवाइपछि पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित केहिलाई थुनामै राखिएको छ भने केहीलाई धरौटीमा छाडिएको छ । शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा खाणलाई छाड्ने विषयमा दुईजनाबीच राय बाझिएको छ । यो विवाद अब तेस्रो न्यायाधीशसमक्ष प्रस्तुत हुनेछ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त खाणले थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। जसमा यही मंसिर ५ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको थियो ।

यस प्रकरणअन्तर्गत नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणका साथै पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा थिए ।

पूर्णपाठ