मकवानपुरगढी गाउँपालिका वडा नंबर २ मा दुर्घटनाग्रस्त मोटरसाईकल

हेटौंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

मकवानपुरगढी–२ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रूपा स्याङतान, श्रीमान् ३५ वर्षका भीमबहादुर स्याङ्तान र ४ महिना छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा गम्भीर घाइते चालक भीमबहादुरको उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए ।

सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट १२ मिटर तल खसेको प्रहरीको भनाई छ ।