काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

आजै रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको निगमले विज्ञिप्तिमार्फत जानकारी दिएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्य घटेर आएपछि नेपालमा पनि निगमले समायोजन गरेको हो । एलपी ग्यासको मूल्य भने यथावत छ ।