काठमाडौं । इजरायल र प्यालेस्टानी विद्रोही समुह महासबीच अस्थायी युद्धविराम थप २ दिन लम्ब्याउने सहमति भएको छ ।

इजरायल र हमासबीचको संवादका लागि मध्यस्थता गरिरहेको कतारले दुई पक्ष थप दुई दिन युद्धविराम लम्ब्याउन सहमत भएको जानकारी दिएको हो ।

कतारी विदेशमन्त्री डा. मजिद बिन मोहम्मद अल अन्सारीले सहमति भएसँगै इजरायलले थप ३३ जना र हमासले ११ जना बन्दी छाडेको पनि जानकारी दिएका छन् । हमासले छाडेका ११ जनामा तीन फ्रान्सेली, दुई जर्मन र ६ अर्जेन्टिनी नागरिक रहेका छन् ।

यसअघि गत शुक्रबार ४ दिनका लागि भएको युद्धविराम सोमबार सकिएपछि थप दुई दिन लम्ब्याइएको हो । बन्दी रिहाइका लागि गरिएको अस्थायी युद्धविराममा दुवै पक्षले बन्दी रिहा गरिरहेका छन् ।