काठमाडौं । प्रहरीले काठमाडौंको गौशालाबाट धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ ।

दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी भएका श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको हो ।  गेरुवस्त्रमा त्रिशुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै मुद्दा चलाउने प्रहरीको तयारी छ।