हेटौँडा । अखिल नेपाल महिला संघ, मकवानपुर जिल्ला समितिमा पुन सुमित्रा काफ्लेको नेतृत्वमा ५५ सदस्यीय समिती सर्वसम्मत निर्वाचित भएको छ । आईतवार भएको १४ औं जिल्ला सम्मेलनले काफ्ले को अध्यक्षतामा ५५ सदस्यीए समिती निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा यशोदा उप्रेती र मनिला विष्ट सचिवमा सुशिला मल्ल उप-सचिवमा ईन्दिरा तामाङ्ग कोषाध्यक्षमा सचिता भट्टराई निर्वाचित भएका छन ।

अखिल नेपाल महिला संघका केन्द्रिय अध्यक्ष टुका भद्र हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका पोलिब्युरो सदस्य देवी ज्ञवाली, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, एमाले केन्द्रिय सदस्य जुनेली श्रेष्ठ ,केन्द्रिय सदस्य रामेश्वर राना ,भारती पाठक लगायत एमाले बागमती प्रदेश समितिका पदधिकारी एवम अखिल नेपाल महिला संघ केन्द्रिय सदस्यहरु प्रदेश सदस्यहरुको आतिथ्यता थियो ।