

हेटौंडा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरले यस वर्षको ‘अनेसास शिखर पुरस्कार’ मकवानपुरे पत्रकार होम कार्कीलाई प्रदान गर्ने भएको छ ।
नेपाली पत्रकारिता तथा साहित्यको क्षेत्रबाट कतारको साहित्यमा पु¥याएको योगदानको कदर गर्दै कार्कीलाई पुरस्कृत गर्ने निर्णय भएको अनेसास शिखर पुरस्कार समितिका संयोजक प्रेमप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा छ ।
यो पुरस्कारको उद्देश्य प्रवासमा नेपाली भाषा साहित्य, कला र गीतसंगीतमा समर्पित एक उत्कृष्ट स्रस्टालाई हरेक वर्ष पुरस्कृत गर्ने गरेको छ । साहित्यकार स्वर्गीय शिखर वैद्यको सम्मानमा अनेसास कतार च्याप्टरले यो पुरस्कार स्थापना गरेको हो ।
प्रतिक्रिया दिनुहोस्