हेटौंडा, बागमती प्रदेशको हेटौँडामा सम्पन्न अनेरास्ववियु बागमती प्रदेश कमिटीको प्रथम अधिवेशसनबाट लाल बहादुर बुढाथोकी (एलबी)को अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।
अनेरास्ववियुको हेटौँडामा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट आयोजक कमिटिका सह–संयोजक रहेका बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय कमिटि निर्माण भएको हो । कमिटीको उपाध्यक्षहरुमा युवराज दाहाल, अच्युत उप्रेती र निशा पुडासैनी, सचिवमा प्रकाश कालाखेती, उपसचिवहरुमा प्रशान्त जंग पाण्डे, पवन तामाङ र जिपछिरिङ शेर्पा चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा अमृत थापा र कार्यालय सचिवमा लक्ष्मण सिलवाल सर्वसम्मत चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्