हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकाको पर्यटन प्रर्वद्धन र थाहा लाई मिनि फिल्म सिटि बनाउने उदेश्यको साथ आजबाट पहिलो थाहा फिल्म फेस्टिभल हुँदैछ । नगरपालिकामा क्रियाशिल थाहा कला केन्द्रले पर्यटनका लागि फिल्म फेस्टिवल भन्ने नाराका साथ आजबाट मंसिर १५ सम्म फेस्टिभलको आयोजना गर्न लागेको हो ।
फेस्टिवलमा चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग लगाएत प्रर्दशन हुने आयोजकले जनाएको छ । थाहा नगरमा चलचित्र छायांकनको स्थल विकास तथा प्रचार गर्ने गरि आयोजकले विभिन्न पर्यटकीय स्थलमा चलचित्रकर्मीलाई भ्रमण समेत गराउने छ ।

थाहा नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्रहरुको पहिचान गरि फेस्टिभलमा बृत्तचित्र प्रर्दशन गरिने आयोजक थाहा कलाकेन्द्रका सानुबाबु मुक्तानले बताए । चलचित्र छायांकनको लागि उपयुक्त स्थलहरुको बारेमा फेस्टिभलमा आएका चलचित्र निर्माता, निर्देशक तथा कालाकारहरुलाई जानकारी दिनेगरि बृत्तचित्र तयार पारिएको मुक्तानको भनाई रहेको छ ।

कार्यक्रम अवधिभर थाहाको पर्यटकीय क्षेत्रको अवलोकन गर्ने थाहानगरको पर्यटन बढाउने तस्वीरहरु कार्यक्रम स्थलमा राखी अवलोकन गराइनेछ । यसैगरी चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग तथा ईत्यादिका निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई थाहा नगरपालिकासङ्ग पारस्परिक गराउन प्रयास गर्ने आयोजकले जनाएको छ ।

चलचित्र, लघु चलचित्र, म्युजिक भिडियाको निर्माता, निर्देशक तथा निर्माण समूहसंग विषेश अन्तरक्रिया गराइनेछ । मकवानपुर जिल्लामै पहिलो पटक फिल्म फेस्टिवलको आयोजना हुन लागिरहेकोले फेस्टिवलका विशेष आकर्षक हुने आयोजकको दाबि छ । फेसिटवलमा विभिन्न समूहबाट सहभागि भई आएका सामग्रीहरुबाट छानिएका डकुमेन्ट्रि, फिचर फिल्म र सर्ट फिल्महरुको प्रदर्शनी हुने बताइएको छ । कार्यक्रमको कुल लागत २७ लाख ८० हजार लाग्ने अनुमान गरिएको छ ।
फेस्टिभलमा डोसान, राधा, बुलबुल प्रकाश लगाएतका नेपाली चलचित्र प्रर्दशन गरिने आयोजकको भनाई छ । प्रतियोगिता अबधिभर सयौँको संख्यामा नेपाली चलचित्रका कलाकार, निर्माता तथा निर्देशकहरु आएर थाहा क्षेत्रको अबलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।