काठमाडौं  । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज बिहान १ बजेर १९ मिनेटमा चित्लाङआसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का मकवानपुरसहित काठमाडौं र आसपासका जिल्लामासमेत महसुस भएको थियो ।