काठमाडौं । धनकुटामा एकैघरका तीन जनाको शव फेला परेको छ ।
बिहीबार बिहान करिब साढे ७ बजेतिर धनकुटा नगरपालिका वडा नम्बर १ निगालेस्थित एक घरमा परिवारका तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजुबाबु महर्जनले जानकारी दिए।
टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।
डिएसपी महर्जनका अनुसार भीमा र आयुषको हत्या भएको देखिन्छ। यता टीकाराम भने झुण्डिएको अवस्थामा फेला परेका हुन् । घटना मध्यराति भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। आज बिहान घरभित्र तीन जनाको शव देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्