काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो ।
बैठकमा ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
पार्टीले यही मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट सुरु गर्दैछ ।
युवा संघसहित पार्टीका २३ वटा भ्रातृ तथा जनवर्गीय संगठनले काठमाडौंमा गर्न लागेको बृहत् प्रदर्शनको एक दिनअगाडि एमालेको बैठक बसेको हो ।
प्रतिक्रिया दिनुहोस्