काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ६५० रुपैयाँ छ । साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।