काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरूद्धका मुद्धा हेर्न नभ्याउनेमा राखेकाे छ । सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा परेका १० वटा रिट हेर्न नभ्याउनेमा परेको हो । समय अभावका कारण इजलासले ती रिटमा सुनुवाइ गर्न नभ्याएको सर्वोच्चको वेभ साइटमा उल्लेख छ । सोमबार न्यायाधीश कुमार चुडाललाई छुट्टा छुट्टै दुईवटा इजलास परेको थियो ।
कुमार चुडालको एकल इजलासमा परेका सबै मुद्दाहरू आज हेर्न नभ्याइने सर्वोच्चले वेभसाइटमार्फत जानकारी दिइएको छ । गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता दिनेश त्रिपाठी, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल ’स्वागत’, अञ्जन धिताल, रामकृष्ण बञ्जारा, यज्ञमणि न्यौपाने, फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्