हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ शान्तिटोलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीया निरा बजगाईं रहेकी छन् ।

कान्तिलोकपथ सडकखण्डमा शिवम् सिमेन्ट फ्याक्ट्रीबाट सिमेन्ट लिएर हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ ख १८१६ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेकी बजगाईंलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

ट्रकको ठक्करबाट बजगाईंको घटनास्थमै मृत्यु भएको भण्डारीले बताए । गाडी र गाडी चालकलाई प्रहरी चौकी चौघडाले नियन्त्रणमा लिएको उनले बताए ।

बजगाईंको मृत्युपछि आक्रोशित स्थानीयले कान्तिलोकपथ सडक अवरुद्ध गरेका छन् । उनीहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सडक अवरुद्ध गरेका हुन् ।