काठमाडौं । एकदिवसीय विश्व कप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै छन् ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा दिउँसो सवा २ बजे खेल हुनेछ ।

अष्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्वकप जितेको छ भने चार पटक फाइनल पुगेको भारतले दुई पटकमात्रै जितेको छ । अष्ट्रेलिया ८ पटक फाइनल पुगिसकेको छ ।

यसअघि २० वर्षअघि २००३ मा यी दुई टीम फाइनलमा आमनेसामने भएका थिए । त्यो खेल अष्ट्रेलियाले जितेको थियो ।