हेटौँडा । हेटौंडामा स्टकुटले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ स्थित बाबुचोकमा स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको हो । शुक्रबार साँझ धरान चतरा सडकखण्डमा ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले ठक्कर दिदा स्थानीय ४३ वर्षीय गोपिनी विकको मृत्यु भएको हो ।

स्कुटरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन । उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।