हेटौंडा । मकवानपुरको हेटौंडा-४ स्थित प्रदेश लोक सेवा आयोग कार्यालयको नजिकै भर्खरै जन्मेको जस्तो देखिने नवजात शिशु (छोरी) फेला परेको छ ।
बिहीबार साँझ स्थानीय शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले शिशुलाई उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार बच्चा को, कसले फालेको सम्बन्धमा बुझ्ने कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्