काठमाडौं । भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनल पुगेको हो ।
मुम्बईको वानखडे रंगशालामा भारतले दिएको ३९८ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ४८.५ ओभरमा ३२७ रनमा अलआउट भयो ।
टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३९७ रन बनाएको थियो ।
विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल भने आइतबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्