

काठमाडौं । विराट कोहलीले एकदिवसीय क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् ।
जारी क्रिकेट विश्वकपको सेमिफाइनल खेलमा न्यूजील्याण्डविरुद्ध शतक प्रहार गर्दै उनले आफ्नो एकदिवसीय करियरको ५०औं शतक बनाएसँगै नयाँ किर्तिमान बनाएका हुन् । अब उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।
योसँगै विराटले महान क्रिकेटर सचिन तेन्दुलकरलाई पछाडि छोडेका छन् । यो खेल हेर्न सचिन स्टेडियममा उपस्थित रहेका सचिन तेन्दुलकरकै अगाडी विराटले उनको धेरै शतकको किर्तिमान तोडेका हुन् । सचिनले ४५२ एकदिवसीय इनिङ्समा ४९ शतक बनाएका थिए । अब विराटले २७९औं इनिङ्समा ५० शतक बनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्