सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ राप्ती पुलको पारि पट्टी मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गएराति हेटौंडा बजारबाट थानाभर्‍याङ जाँदै गरेको ना६५प ७०५५ नम्बरको मोटराइकल आफैँ अनियन्त्रित हुँदा मोटरसाइकल चालक हेटौंडा-४ कमलडाँडा बस्ने २२ वर्षीय महेन थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी दुर्घटनामा मोटरसाइकलमा सवार हेटौंडा-२ संगमचोक बस्ने १८ वर्षीया बेबिसा खड्की र हेटौंडा-५ गर्दही बस्ने १९ वर्षीया बिनिता थापा घाइते भएका छन् । खड्कीलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।