

काठमाडौं । फिफा विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फूटबल टोली घोषणा गरिएको छ ।
अखिल नेपाल फूटबल संघ (एन्फा)ले शुक्रबार नेपाली टोली घोषणा गरेको हो । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ खेलाडी छनोट गरेका हुन् । नेपाली टोलीमा किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आकाश चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगश गुरुङ छन् ।
त्यस्तै, लाकेन लिम्बू, उत्सव राई, कृतीशरत्न छुन्जू, मनीष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल, अन्जन विष्ट, आयुष घलान, जिलेस्पीजङ कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार राष्ट्रिय टोलीमा समेटिएका छन् ।
अन्जन तामाङ भने यूएईसँगको खेलका लागि टोलीमा परेका छैनन् । उनी घाइते भएकाले टोलीमा नपरेको एन्फाले जनाएको छ ।
नेपालले दोस्रो चरणको छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा कात्तिक ३० गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल यूएईमा हुनेछ। त्यस्तै, नेपालले मंसिर ५ गते यमनसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ।
प्रतिक्रिया दिनुहोस्