भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको कर्तव्य र आफ्नो निष्ठामा कुनै पनि शङ्का मेल नखाने भन्दै उनले राजीनामा दिएका हुन् ।

उनले पत्रकार सम्मेलन गरेर आफुले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको जानकारी दिएका हुन् । सो क्रममा उनले भने, ‘प्रधानमन्त्रीको कर्तव्य मेरो निष्ठाको कुनै पनि शङ्कासँग मेल खाँदैन । यस्तो अवस्थामा मैले गणतन्त्रका राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको छु ।’

उनलाई ऊर्जासम्बन्धी ठेक्का प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको थियो । एजेन्सी