

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।
सोमबार बसेको दलको बैठकले राम रानाले मन्त्रीबाट राजीनामा दिएपनि विश्वासको मत भने कायम राख्ने निर्णय गरेकाे प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री रानाले शनिबार राजीनामा दिएका थिए ।
सरकारको काम कारबाही र परिस्थिति हेरेर सरकारलाई दिएको समर्थनबारे पछि निर्णय लिने भण्डारीले बताए । कोशीमा एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेका कार्की संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्