काठमाडौं । माओवादी केन्द्रकी केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश गरेकी छन् ।
पुर्व सांसदसमेत रहेकी विश्वकर्मा मंगलबार माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरे ।
उमा विश्वकर्मा नेकपा माओवादी केन्द्रबाट २०६३ सालमा सांसद भएकी थिइन् । एमाले प्रवेशसँगै माओवादी कपिलवस्तुलाई धक्का लागेको छ ।
उनी सहिद परिवारको सदस्य पनि हुन् । ओली निवास बालकोटमा भएको पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य गिरधारीलाल न्योपाने, जिल्ला अध्यक्ष डम्मर शर्मा लगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्