पोखरा । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् ।

सोमबार एमाले गण्डकी प्रदेश कमिटीको विशेष समारोहकाबीच उनी एमाले प्रवेश गरेका हुन् । गुरुङलाई अध्यक्ष केपी शर्मा ओलीले खादा र माला लगाएर पार्टीमा स्वागत गरे ।

सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ,बाबुराम भण्डारी,युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत विभिन्न पार्टीका ८४ जना कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।