काठमाडौं । राप्रपा काठमाठौं-मकवानपुर सम्पर्क समाजका पूर्वअध्यक्ष विष्णु बजगाईको नेतृत्वमा एक दर्जन भन्दा बढी नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

सोमबार एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बजगाईसहित दर्जन भन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

बजगाईको नेतृत्वमा राप्रपा काठमाडौं क्षेत्र नम्बर ८ का प्रमुख सबिक शाही, राप्रपा काठमाडौं-८ वडाअध्यक्ष उदीप शाहीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

शाहीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगाएत विभिन्न पार्टी परित्याग गरी उनीहरु एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।