काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत यसअघि सार्वजनिक निर्वाचन कार्यतालिका परिवर्तन भएको छ । जसअनुसार दिउँसो ३ बजे मनोनयन फारम वितरण हुनेछ ।

४ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता गरिने परिवर्तित कार्यतालिकामा उल्लेख छ । साँझ ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।

राति ८ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।

यसअघि, मतदाता नामावली प्रकाशन भइसकेको छ । भोलि बिहीबार बिहानदेखि मतदान सुरु हुने कार्यतालिकामा उल्लेख छ ।