

हेटौँडा । काठमाण्डौँमा जारी नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशनमा उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ । सोमबार उद्घाटन सत्र समापन पछि अबेर रातीसम्म चलेको सहमतिको प्रयास सफल हुन नसकेपछि अब उम्मेद्वारीको घोषणा गर्ने काम सुुरु भएको हो ।
यसैक्रममा प्रदेश उपाध्यक्षको लागि बागमती प्रदेशका पुर्व केषि मन्त्री एवम चितवनका पुराना एमामले नेता दावा दोर्जे लामाले उम्मेद्वारी घोषणा गरेका छन् । तत्कालिन कोराक गाविस अध्यक्ष, २०५४ मा जिल्ला जिल्ला विकास समिति चितवनको सदस्य , २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा विजयी हुँदै बागमती प्रदेशको पहिलो क्याविनेटमा कृषि मन्त्री भएका लामा चितवनका पुराना कम्युनिष्ट नेता मध्यका एक हुन् ।
एमाले निकट लोकतान्त्रिक तामाङ संघका केन्द्रीय अध्यक्ष समेत भैसकेका उनिमा यस अघि एमाले बगामती प्रदेशको सचिवालय सदस्य भएर कार्यसम्पादन गरेको अनुभव रहेको छ ।
प्रतिक्रिया दिनुहोस्