हेटौँडा । हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० बसपार्कमा घण्टाघर निर्माण हुने भएको छ । पुर्व पश्चिम भएर यात्रा गर्ने यात्रुहरुको चाप रहने बसपार्क क्षेत्रमा चालु आर्थिक वर्षमा घण्टाघर निर्माण गर्न लागिएको हेटौँडा उपमहानगरपालिका वडा नंबर १० का वडाध्यक्ष फुर्वादोर्जे लामाले बताए । हेटौँडा बसपार्कको मध्यम भागमा रहेको पारिजात प्रतिक्षालय क्षेत्रमा घण्टाघर निर्माण हुने भएको हो ।

घण्टाघरसँगै उक्त स्थानमा मकवानपुरको सबै क्षेत्रको पर्यटकीय क्षेत्रबारे जानकारी दिनेगरि सूचना केन्द्र पनि निर्माण गरिने लामाको भनाई रहेको छ ।