सल्यान । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।

रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप आज बिहान कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै मृत्यु भएको उनले जानकारी दिए ।

जीप सडकबाट साढे तीन सय मिटर तल खसेको  थियो । दुर्घटनामा एकजना घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।