

हेटौंडा । मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका-३, मुर्तियाका ३८ वर्षीय दुर्गा बहादुर स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार राति हेटौंडा-१०, टिसिएन रोड बस्ने अशोक कुमार सिंहले आफ्नै घर अगाडि पार्किङ गरी राखेको बा. प्र. ०३-००१ प ३४५९ नम्बरको मोटरसाइकल चोरी भएको भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
उक्त मोटरसाइकल खोजी गर्ने क्रममा शनिबार राति ८ बजे हेटौंडा-१५, रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा मोटरसाइकलसहित स्याङ्तानलाई नियन्त्रणमा लिएको हो । उनलाई थप कारबाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्