

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा संविधान दिवस-२०८० को अवसरमा रक्तदान र मधुमेह तथा रक्तचापको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार बिहान प्रदेशको स्वास्थ्य मन्त्रालयको आयोजनामा बुद्धचोकमा भएको कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् भने एक सय ८१ जनाले मधुमेह तथा रक्तचाप परीक्षण गराएका छन् ।
प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको अध्यक्षमा भएको कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, स्वास्थ्य मन्त्रालयका सचिव बद्रिबहादुर खड्का लगाएत मन्त्रालयका महाशाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मन्त्री दुलालले रक्तदान गरेका थिए ।
स्वास्थ्य मन्त्रलयको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुर, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र हेटौंडाले प्राविधिक सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्