हेटौँडा ।
नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकण विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य समेत रहेका अधिवक्ता ध्रुबप्रसाद चौँलागाईले सर्वोच्च अदालतमा असोज १ गते रिट दर्ता गरेका हुन् । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति, बागमती प्रदेश समिति र मकवानपुर शाखालाई विपक्षी बनाएर उनले रिट दर्ता गरेका हुन् ।

चौँलागाईले हालेको रिटमा आज सर्वोच्चका न्यायधिश कुमार चुँडालले कारण देखाउ आदेश जारी गर्दै रिट निवेदन उपर अन्तरिम आदेश छलफलको लागि बोलाईएको छ ।

रिट निवेदकको तर्फबाट बरिष्ठ अधिवत्ताहरु केदार दाहाल , नारायाण् प्रसाद देबकोटा, अधिवक्ता आषिश उप्रेती , सम्बल चौलागाई, रौनक अर्यालले र स्वयम अधिवक्ता चौँलागाईले बहस गरेका थिए । छलफलको मिति भने भोली थाहा हुने बताईएको छ ।