कैलाली  । कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिका–७ मनकापुरका ३५ वर्षीय गणेश थारु चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

चौधरी गौरीगंगा नगरपालिका–९ शंकरपरमा कृष्ण तिवारीले सञ्चालन गरेको तिवारी मेटल उद्योगमा फलामको काम गर्थे । प्रहरीका अनुसार सोमबार साँझ सटर बन्द गर्ने क्रममा करेन्ट लाग्दा चौधरी गम्भीर घाइते भएका थिए । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।