

हेटौँडा । असोज २४ बाट हेटौँडामा जिल्ला स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । जेसीआई बसामाडीको आयोजनामा आगमती असोज २४ गतेबाट २७ गतेसम्म प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जेसीआई बसामाडीका अध्यक्ष जनक भण्डारीले २० वर्षबाट निरन्तर रुपमा भैरहेको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय भलिवल प्रतियोगिताले यो वर्षपनि निरन्तरता पाउन लागेको बताए ।
जिल्लाको करिब १२ देखि १५ वटा टिमको सहभागिता रहने प्रतियोगिताको प्रथम हुने टिमले नगद ६० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टिमले नगद ३० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस्