हेटौंडा । हेटौंडामा आगामी असोज १३ गते हुने मिस्टर मकवानपुर २०८० मा सहभागी हुन चाहाने ईच्छुक खेलाडीहरुको लागी फारम खुल्ला गरिएको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघ मकवानपुरको आयोजनामा हुन गइरहेको यस प्रतियोगितामा सहभागी हुन चाहानेहरुले यही असोज १० गते भित्र फारम भरी सहभागी हुन महासंघ मकवानपुरले आग्रह गरेको छ ।

महासंघ मकवानपुरका अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा सोमबार बसेको बैठकले सहभागीहुन ईच्छुक खेलीडीहरुले जिल्ला खेलकुद विकास समिति मकवानपुरको कार्यलयमा कार्यलय समय भित्र फारम भर्न आग्रह गरेको छ ।

प्रतियोगितामा सहभागी हुने खेलाडी मकवानपुरको स्थायीबासी हुनुपर्ने, नागरिकता अन्य जिल्लाको भएका खण्डमा बसाईसरी आएको प्रमाणपत्र वा हाल बसोबास गरेको सम्बन्धीत वडा कार्यलयबाट घर नम्बर वा जग्गाकित्ता नम्बर सहितको सिफारीस पत्र उपल्बध गराई सहभागी हुन पाउने महासंघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुनिल लोप्चनले बताए । प्रतियोगितामा मिस्टर मकवानपुर,बेष्ट फिजिक्स वुमन च्याम्पियनसिप,मिस्टर मकवानपुर भेट्रान्स गरी तीन विधाका खेलहरुमा प्रतिस्प्रर्धा हुने अध्यक्ष भेटवालले बताए ।

मिस्टर मकवानपुर विधामा ५५, ६०, ६५, ७०, ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ भने महिला खेलाडीहरुलाई शारीरिक सुगठन तर्फ आर्कषण गराउन बेष्ट फिजिक्स वुमन च्याम्पियनसिप विधा अन्र्तगत खुल्ला तौल समुहमा प्रतिस्पर्धा गराइने छ ।

यस्तै मिस्टर मकवानपुर भेट्रान्स विधा अन्तरगत पनि खुल्ला तौल समुहमा प्रतिस्पर्धा गराइने अध्यक्ष भेटवालले बताए । प्रतियोगितामा महिला खेलाडीहरुलाई शारीरिक सुगठन तर्फ आर्कषण गराउन, युवाहरुलाई शारीरिक सुगठन र स्वास्थ्य तर्फ सचेत गराउन तथा भेट्रान्सहरुलाई शारिरिक सुगठन अनि स्वास्थ्यप्रति सचेत र प्रतिबद्ध बनाउन महासंघ मकवानपुरले कार्यक्रम आयोजना गरेको अध्यक्ष भेटवालले बताए ।  अध्यक्ष भेटवालका अनुसार स्वास्थ्यप्रति सचेत गराउन हरेक वर्ष यस्तो प्रतियोगीता आयोजना गराउन महासंघ लागिपरेको छ ।

राष्ट्रिय निर्णायकहरुबाट निर्णय हुने प्रतियोगितामा खेलाडी बढी भन्दा सहभागी गराउने क्लबलाई जिल्लाकै अनुशासित एवं उत्कृष्ठ शारीरिक सुगठन केन्द्र घोाषणा गर्ने र नगद सहित सम्मान गरिने कार्यक्रम संयोजक लोप्चनले बताए । प्रत्येक तौल समूहको विजेतालाई १० हजार प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने कार्यक्रम संयोजक लोप्चनले बताए । प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ट तथा अनुशासित क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगद सहित सम्मान गरिने उनले बताए । साथै पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने बताइएको छ । कार्यक्रम असोज १३ गते हेटौंडा २ स्थित पल्पसा हलमा अपरान्ह ४ बजे देखि मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम सहित हुने जनाइएको छ । कार्यक्रममा दर्शकहरुका लागि प्रवेश निशुल्क व्यवस्था रहेको आयोजकले जनाएको छ ।