हेटौँडा । मकवानपुरको हेटौँडामा ठुलो परिमाणको गााँजा बरामद भएको छ । सशस्त्र प्रहरीको हेटौँडा औधोगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रक एन एल ०१ एसी २१४४ नंबरबाट लागु औषध गाँजा ९ सय १९ किलो बरामद गरेको हो । गाँजा सहित दुईजना भारतीय नागरिक पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादब र सहचालक योगेश बर्मा रहेको शसस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताए ।

No description available.

भारतीय बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डीङ गरेर लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताए । भारतबाट मकै लिएर चितवनमा अनलोड गरि चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीको भनाई रहेको छ । पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भैरहेको कार्कीले बताए ।

No description available.

 

बरामद भएको गाँजा नेपाल प्रहरीलाई ह्याण्डओभर गर्ने प्रक्रिया थालिएको र थप अनुसन्धानको प्रक्रिया अघि बढाईएको उनको भनाई रहेको छ ।

No description available.

No description available.